पोखरा । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री(गण्डकी) सुशीला सिंखडाले गण्डकी प्रदेशको जस्तोसुकै बिरामीलाई पनि गण्डकी प्रदेशभित्र नै उपचार गर्ने वातावरण बनाउने योजना सुनाएकी छन् । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयकाले आयोजना गरेको प्रदेशस्तरीय स्वास्थ्य कार्यालयहरुको समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंखडाले यस्तो बताएकी हुन् ।
उनले जिल्ला अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गर्ने र गण्डकी प्रदेशभन्दा बाहिरका अस्पतलमा रिर्फर गर्दा बिरामीलाई समस्या हुने भन्दै सकेसम्म धेरै रोगको उपचार गण्डकी प्रदेशमा गर्न निर्देशन दिएकी छन् । साथै, उनले आयुर्वेद औषाधालयलाई सँगसँगै विकास गरेर काम गर्ने योजना सुनाएकी छन् ।
उनले स्वास्थ्य क्षेत्रमा सुधार गर्नको लागी कुनैपनि कसरत बाँकी नराख्ने, प्रदेशबाट नै सकेसम्म धेरै सेवा निःशुल्क दिने योजना र एनजीओसँग सहकार्य गर्ने कार्यक्रम मन्त्रीलाई सोधेर मात्र अघि बढ्नुपर्ने लगायतका निर्देशन दिएकी छन् ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य सुबास अधिकारीले गण्डकी प्रदेश सरकारले सुरु गरेको परिवारिक स्वास्थ्य प्रोफाइल योजना तिव्र रुपमा अघि बढाउनुपर्ने जानकारी दिए । जनताको स्वास्थ्य उपचारको लागी कम खर्च हुने योजन अघि बढाउन अनुरोध गर्दै उनले स्वास्थ्को क्षेत्रमा कुनैपनि योजना गर्नुभन्दा पहिला सो योजना माथी अनुसन्धान हुनुपर्ने बताए ।
संक्रमण तथा सरुवा रोग अस्पतालका निर्देशक विकास गौचनले संक्रमण तथा सरुवा रोग अस्पतालले अहिलेसम्म उल्लेखनिय काम गरेको बताए । अहिले पनि गण्डकी अस्पतालमा अन्य अस्पतालमा नपाइने तर संक्रमण रोग तथा कोभिड १९ विरुद्धको खोप निरन्तर दिएको बताए । ५० शैयाको अस्पतालमा विभिन्न सरुवा रोग, आँखाको प्रथामिक उपचार र इमजेन्सी सेवा २४ घण्टा नै सुचारु गरेको उनले सुनाए ।
कार्यक्रममा गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश क्षेयरोग उपचार केन्द्र, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रलय आपूर्ति व्यवस्थापन केन्द्रलगायतका संस्थाले समिक्षामा प्रगति विवरण र आगामी वर्षको योजना पनि सुनाएका थिए ।