आज मिति २०७५ साल साउन १९ गते शनिबार। आजको राशीफल यस प्रकार रहेको छ। वरिष्ठ ज्याेतिषविद् उद्धवराज थपलियाले राशीफल लेख्नु भएको हो। तपार्इहरूको दिन शुभ रहोस्।
मेष : आफन्तको सहयोग प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । मनमा द्विविधा बढ्नेछ । वैदेशिक यात्राको अवसर मिल्नेछ ।
वृष : आध्यात्मिक चिन्तन बढ्नेछ । व्यापारमा विचलन आउनेछ । स्वास्थ्य सामान्य रहनेछ । मनोरञ्जनात्मक गतिविधि बढ्नेछ ।
मिथुन : नेतृत्व क्षमता बढ्नेछ । रोजगार प्राप्त हुनेछ । दैनिक कार्यमा सुधार आउनेछ । मित्रको सहयोग मिल्नेछ । हर्ष बढ्नेछ
कर्कट : मन अस्थिर रहनेछ । निष्फल यात्रा हुनेछ । मनमा खिन्नता बढ्नेछ । सामाजिक क्षेत्रमा सुधार आउनेछ । विवाद बढ्नेछ ।
सिंह : मनोरञ्जनमा खर्च बढ्नेछ । व्यवसायबाट लाभ मिल्नेछ । धन आर्जन हुनेछ । नैतिकतामाथि आक्षेप लाग्न सक्छ । बुद्धि बढ्नेछ ।
कन्या : संगीतमा रुचि बढ्नेछ । धार्मिक कार्य हुनेछन् । बौद्धिक वर्गसँग सहकार्यको अवसर मिल्नेछ । प्रेममा सफल हुनेछ । बुद्धि बढ्नेछ ।
तुला : सञ्चित धन खर्च हुनेछ । अध्ययन सफल रहनेछ । हर्ष बढ्नेछ । आर्थिक लेनदेनमा विवाद उत्पन्न हुनेछ । परिवारमा मेलमिलाप हुनेछ ।
वृश्चिक : कार्यमा बाधा उत्पन्न हुनेछ । मन विचलित रहनेछ । आय आर्जन सामान्य रहनेछ । सामाजिक प्रभाव बढ्नेछ । खर्च बढ्नेछ ।
धनु : न्यायिक क्षेत्र सफल हुनेछ । व्यवसाय सामान्य रहनेछ । शारीरिक थकान बढ्नेछ । आकस्मिक धन प्राप्ति हुनेछ । हर्ष बढ्नेछ ।
मकर : स्वास्थ्यमा सुधार आउनेछ । आत्मविश्वास बढ्नेछ । कार्य सफल हुनेछन् । शत्रु सवल रहनेछन् । मनमा चञ्चलता बढ्नेछ ।
कुम्भ : पारिवारिक सद्भाव बढ्नेछ । व्यावसायिक परिवर्तन हुनेछ । व्ययको अधिकता रहनेछ । कान्ति क्षय हुनेछ । यात्रा हुनेछ ।
मीन : विवाद बढ्नेछ । अध्ययनमा रोकावट आउनेछ । राजनीतिक अपवाद लाग्न सक्छ । आकस्मिक धन खर्च हुनेछ । मित्र भेट होला ।