मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ तथा शुभकार्यको चर्चा चल्ने छ । परिवारमा सुख सन्तोष छाउने छ । आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कला र गलाको प्रभाव बढ्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । शुभकार्यको चर्चा चल्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अविश्वास उत्पन्न हुनेछ । परिवारमा झैँ–झमेलाको अवस्था आउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रोकिएको धन हात पर्ला । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ । अतिथिको रूपमा सत्कार पनि पाइने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफन्तसंग भेटघाट हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ । स्वादिष्ट भोजन पाईने छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ समाचार सुन्न पाइएला । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । राज्यबाट मान सम्मान पाइने छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्न लागेको काम बिग्रिने छ । प्रेममा बाधाका साथै मन कमजोर रहला । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु होला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अरुलाई प्रभावित पारेर काम बन्ने छ । मनोरञ्जनमा सहभागी भइएला । परिवारिक सद्भाव बढ्ने छ । व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । आँटेको र ताकेको कार्य पूरा होला । कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । आकस्मिक धन लाभ हुनेछ । जोश जाँगर र हिम्मत बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभ, हानी, आय,व्यय, सुख, दुख बराबरी मध्यमखालको दिनछ । ठूलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्म विश्वासमा कमी आउने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्यको थालनी हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्ने छन् । वित्तिय संस्थाबाट सहयोग पाईने छ । पदोन्नतीको सम्भावना पनि प्रवल छ । –ज्यो.प. नारायणप्रसाद दुलाल