मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । विशिष्ठ व्यक्तिको साथ पाईने छ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभ, हानी, आय, व्यय, सुख, दुख बराबरी मध्यम खालको दिन छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन भाग्यशाली भएर देखा पर्ने छ । महिला वर्गबाट विशेष सहयमेग मिल्ने छ । उन्नति एवं प्रगतिको वातावरण बन्ने छ । शिक्षामा सफलता मिल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खराबी रहन सक्छ । आर्थिक कारोबारमा मन्दी आउने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) लगनशीलताले कामहरू अगाडी बढ्ने छन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने छन् । इच्छा र आकांक्षा पूर्ण हुने छ । शुभारम्भको चर्चा चल्ने छ । आफन्तको प्रगतिमा मन रमाउने छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कुटुम्बको सहयोग मिल्ने छ । घरमा अतिथिको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । वित्तिय संस्थाबाट सहयोग पाईने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज मिश्रित खालको दिन छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । व्यर्थको सास्ति खेप्नु पर्ने छ, तर हिम्मतले काम गर्दा कार्य सम्पादन हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । दैनिक कार्यमा सफलता पाईने छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । विवाद पनि बढ्ने छ । –हाम्रो पात्रो