मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज एक्लैले विभिन्न जिम्मेवारी पूरा गर्नु पर्नेछ । आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ । गरेका काममा ढिलासुस्ती पनि हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बैदेशिक यात्रा तय गर्न सकिने छ । आफन्त र साथीभाइबाट सहयोग प्राप्त हुने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ व्यक्तिसंग भेटघाट हुने छ । मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । व्यापारमा मनग्ये धनलाभ हुने छ । श्रमको उचित मुल्याङ्कन हुने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । प्रयत्न गरे फाइदा लिन सकिने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चोटपटकको भय छ, सचेत रहनु होला । मनमा दुविधा उत्पन्न हुने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । समाजसेवामा मन लाग्ने छ । विशिष्ठ व्यक्तिको साथ पाईने छ । नयाँ काम सुरु गर्ने समय आएको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभकार्यको चर्चा चल्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । रोकिएको धन हात पर्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) उन्नति एवं प्रगतिको वातावरण बन्ने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ । मेहनतीहरूका लागि दिन फलदायी रहने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नु पर्ला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनु पर्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । रचनात्मक काममा जुट्ने समय छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । प्रेम सम्बन्ध कसिलो होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइने छ । –हाम्रो पात्रो