मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने छ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्ने छ । मनमा उत्साहका साथै बोली विक्ने समय छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्ने छ । स्वादिष्ट भोजन पाईने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आँटेको र ताकेको कार्य पूरा होला । आफ्नो क्षेत्रमा प्रभत्व जमाउन सकिने छ । दैनिक कार्यमा प्रगति हुने छ । प्रेममा मधुरता पनि छाउने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । नजिकको व्यक्तिबाट आँटेको कार्यमा सफलता मिल्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमणीय र सुखद् यात्राको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रेममा बाधाका साथै मन कमजोर रहने छ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काम गर्ने जोश जाँगर र उमङ्ग बढ्ने छ । चिताएको कामले तिब्रता लिने छ । नयाँ कामको थालनी हुने छ । वैदेशिक कार्य अघी बढ्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज शुभचिन्तकहरूले पूर्ण समर्थन गर्ने छन् । घरमा अतिथिको आगमन हुने छ । पुरानो समस्या सुल्झाउन सकिने छ । सन्तान सुख मिल्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कीर्तिमानी काम गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहने छ । खनपिनमा विचार पनि पुर्याउनु पर्छ । –हाम्रो पात्रो