मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिने छ । मनोरञ्जनमा सहभागीता भइएला । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनु हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) योजना कार्यान्यनमा ढिलाइ गर्नाले आफैंपछि परिने छ । राजनैतिक कार्यमा बाधा आउने छ । सम्पत्ति राउने वा नष्ट होला । साँझमा पैसा खर्च हुने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको प्रयत्न निष्फल जस्तै होला । अनावश्यक झमेलामा परिएला । कुविचारमा मन जाना सक्छ । तर बेलुकीपख गरेको कार्यबाट फाइदा लिन सकिने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज शत्रुहरू किनारा लाग्नेछन् । चिताएको कामले तिब्रता लिने छ । सामाजिक तथा राजनीतिक कार्यमा सफलता मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चुनौती चिर्दै काम बनाउन सकिने छ । आतिथ्यपूर्ण सम्मान पाइएला । अरुलाई प्रभावित पारेर काम बन्ने छ । मनोरञ्जनात्मक कार्यमा संलग्न भाईने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज विभिन्न अवसरले पछ्याउने छन् । नजिकको मित्रसँग रमाईलो भेटघाट हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभ समाचार सुन्न पाइएला । नयाँ कार्यको थालनी होला । राजनैतिक कार्यमा सफलता मिल्ने छ । सांस्कृतिक कार्यमा सहभागिताको अवसर जुट्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आँटेको र ताकेकोकार्य पूरा होला । सामाजिक सभासमारोहमा भाग लिनु पर्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । नयाँ ज्ञान सिक्ने मौका छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्ने छ । विशिष्ट व्यक्तिको सहयोगपनि पाईने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) भ्रमण खानपान तथा फेसनमा धन खर्च हुनेछ । गरेको काममा ढिलासुस्ती हुने छ । महत्त्वपूर्ण अवसर गुम्न सक्ने छ । अरुको भर पर्दा धोका पाइने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ने छ । वैदेशिक क्षेत्रमा सफलता मिल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मेहनतीहरूका लागि दिन फलदायी रहने छ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सांगीतिक क्षेत्रमा मन बरालिने छ । –हाम्रो पात्रो