मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामले तिब्रता लिने छ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफन्त संग मनमुटाव बढ्ला । सामान हराउन सक्ने छ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारजनको साथले नयाँ आशा पलाउने छ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्ने छ । दबाब र तनाव बढेको महसुस हुने छ । सन्तानपक्षको मायामा कमी आउने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा रुचि बढ्ने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुने छन् । रमाइलो यात्राको सम्भावना रहेको छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) उन्नति प्रगतिको वातावरण बन्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । शुभकार्यको चर्चा चल्ने छ । पेसा वा व्यवसायका क्षेत्रमा फाइदा पुग्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) रोकिएका काम पुनः सुरु हुन सक्छन् । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । –हाम्रो पात्रो