मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ । पारिवारिक सद्भाव बढ्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पूरा हुन सक्छ । पारिवारिक सहयोग मिल्ने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शुभकार्यको चर्चा चल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिवारजनको साथले नयाँ आशा पलाउने छ । आकस्मिक धन लाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । मित्रबाट विशेष सहयोग मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आफन्तसंग रमणीय र सुखद् यात्राको योग छ । तिर्थाटनको योग पनि रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज दैनिक कार्यहरूमा प्रगति हुँदै जानेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । जोश जाँगर र हिम्मत बढ्न ेछ । मणीय र सुखद् यात्राको योग पनि छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पारिवारिक समस्या आइपर्ला । गरेको काममा ढिलासुस्ती हुनेछ । आँटेको काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक हुँदैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्ने छन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । नियमित खर्चसमेत बढ्ने योग छ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अतिथिका रूपमा सम्मान पाइन ेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुने छन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । स्वादिष्ट भोजन पनि पाईने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने छ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज नयाँ कार्यको थालनी हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । आत्मिक सन्तुष्टि मिल्ने छ । दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने छन् । –हाम्रो पात्रो