मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कर्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्ने छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । श्रमको उचित मूल्याङ्न हुने छ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज धार्मिक कार्य सफल रहने छन । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्य सम्पादनमा सहजता मिल्ने छ । रोकिएका काम सम्पादन हुने योग छ । आत्मविश्वास पनि जाग्ने छ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमणीय र सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइने छ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । ढिलै भए पनि अधुरा काम सम्पन्न हुने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) ठीक समयमा सही निर्णय लिन सकिने छ । आँटेको र ताकेको कार्य पूरा होला । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुन सक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मान्यजनको सहयोग प्राप्त हुने छ । स्वादिष्ट भोजन पनि पाईने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक चिन्तन बढ्ने छ । बोलीको प्रभाव पनि बढ्ने छ । नयाँ कामको थालनी हुनेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्ने छ । सामान हराउने योग छ । सहयोगी र नातागोताको साथ पाइँदैन । स्वास्थ्यमा खर्च बढ्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुने छ । –हाम्रो पात्रो