मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनावश्यक ठाउँमा धन खर्च हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मनमा दुविधा उत्पन्न हुनेछ । मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्ने छ । शुभकार्यको चर्चा चल्ने छ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक हुँदैन । प्रेममा समस्या आउला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लाभ, हानी, आय, व्यय, सुख, दुख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ । ज्ञानमा वृद्धि हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक, धार्मिक कार्यमा रुचि बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । श्रमको उचित मुल्याङ्कन हुने छ । मिष्ठान्न भोजनको अवसर मिल्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नयाँ कार्यको योजना बन्ने छ । प्रेमीको सहयोग पाईने छ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आँटेको र ताकेको कार्य पूरा होला । शुभकार्यको चर्चा चल्ने छ । नयाँ काममा हात हाल्ने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पनि पूरा होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म, कर्ममा मन लाग्ने छ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । –हाम्रो पात्रो