मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । लाभदायक यात्रा होला । आर्थिक कारोवारमा सफलता पाइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यले विभिन्न अवसर जुराउने छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । घरमा अतिथिको आगमन हुनेछ । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । घरमा अतिथिको आगमन हुनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउने छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर जुराउने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज अरुलाई प्रभावित पारेर काम बन्ने छ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यापारमा मनग्ये धन लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम बिग्रिने छ । साझेदारीको काममा उल्झन आउने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । शुभारम्भको चर्चा चल्ने छ । आँटेको काम पूरा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनु पर्नेछ । क्रोध, प्रतिशोध, रिस राग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । लक्ष्मी प्रसन्न हुने योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सहकर्मीबाट विरोध आउन सक्छ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । –हाम्रो पात्रो