मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । धार्मिक यात्राको योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिने छ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिने छ । अतिथिको रूपमा सत्कार पाइएला । पुरानो साथीभाईसँग भेटघाट हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धनको क्षेत्र सबल रहने छ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तस् फाइदा नै पुर्याउने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइने छ । वित्तिय संस्थाबाट सहयोग पाईने छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नु पर्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला । अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धेरै समय पछि टाढिएको आफन्तसङ्ग भेटघाट हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्ने छ । अभिभावकको सुझावले उचाइमा पुयाएउन मद्दत गर्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अनावश्यक ठाउँमा धन खर्च हुनेछ । श्रमअनुसार फाइदा कमै होला । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । औपचारिकतामा अल्लि बढी व्यस्त रहनुपर्न सक्ने छ । मनोरञ्जनमा सहभागी भइएला ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नु पर्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज परोपकार गर्नुमा नै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा रमाइलो वातावरण छाउने छ । –हाम्रो पात्रो