मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धर्म, कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रनेछ । व्यवसायमा मन्दी आउने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्ने छ । सरकारी निकायको भय रहला । कार्मक्षेत्र पनि संघर्षशील नै रहने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ने छ । चिताएको कामले तिब्रता लिने छ । दैनिक कार्यमा प्रगती हुने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दबाब र तनाव बढेको महसुस हुनेछ । कार्य सम्पादनमा समस्या आउला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने छ । वैदेशिक क्षेत्र कमजोर रहने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कला र गलाको प्रभाव बढ्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । पुरानो रोकिएको धन हाता पनि पर्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन मध्यम छ, चोरबाट भय रहने छ र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुन सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्ने छ । रमाइलो यात्राको योगपनि रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिने छ । वाहन लाभको योग छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहने छ । रमाइलो यात्रा पनि हुने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्ने छ । आफन्तहरुको सहयोगले कार्यहरु अगाडी बढ्ने छन । लामो समयदेखि रोकिएका अधुरा कामहरु पूरा हुने छन् । –हाम्रो पात्रो