मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) न्यायिक कार्यमा सफलता मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । नयाँ कार्य वा रोजगार पाइने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नयाँ कार्यको योजना बन्ने छ । बिनाप्रतिस्पर्धा फाइदा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विशिष्ठ व्यक्तिको साथ पाईने छ । राजनितक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । अचल सम्पत्तिको कारोवार हुने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । श्रमको उचित मूल्याङ्कन हुने छ । मनोरञ्जनमा सहभागीता भइएला । पुनर्मिलनको योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज रोकिएका अधुरा कामहरू पूरा हुने छन् । बोलीको प्रभाब बढ्ने छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पढाइ लेखाइमा प्रगति हुने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भाग्यले विभिन्न अवसर जुराउने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज निर्णायक क्षमतामा कमी आउने छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्ने छ । चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सन्तान सुख मिल्ने नै छैन । प्रतीक्षा गरिएको काम पूरा हुने छ । दैनिक कार्यमा प्रगति हुने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । जोश जाँगर र उमङ्ग बढ्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रने छ । सौन्दर्यतामा धन खर्च हुने छ । प्रेममा मनमुटाव रहला । सामान हराउने योग छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आँटेको र ताकेको कार्य पूरा होला । आयआर्जनका क्षेत्रमा सुधार आउने छ । धार्मिक कार्यमा रुचि बढ्ने छ । नजिकको मित्रसँग भेटघाट हुने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । घरायसी विवादपनि बढ्ला । –हाम्रो पात्रो