मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक तथा समाजसेवामा मन लाग्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । आँटेको र ताकेको कार्य पूरा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्ने छ । आर्थिक कारोवारमा मन्दी आउने छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता बढ्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रोकिएका अधुरा कामहरू पूरा हुने छन् । न्यायिक कार्यमा सफलता मिल्ने छ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने छन् । बहुमुल्य वस्तु हात पर्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिवारजनको साथले नयाँ आशा जगाउने छ । राजनीतिक कार्यमा सफलता मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । शुभ समाचार सुन्न पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला । शिक्षामा वाधा आउने छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मन विचलित पनि रहन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वादिष्ट भोजन पाईने छ । नयाँ कार्यको योजना बन्ने छ । बित्तिय संस्था बाट सहयोग पाईने छ । नयाँ कार्यको योजना बन्ने छ । बोलीको प्रभाब बढ्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज न्यायिक कार्यमा सफलता मिल्ने छ । दैनिक कार्यमा प्रगती हुने छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बौद्धिक काममा सफलता मिल्ने छ । कला र गलाको प्रभाव बढ्ने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । आत्मिक सन्तुष्टि मिल्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । पढाइ लेखाइमा प्रगति हुने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आस मारेको काम बन्ने छ । अरुको मन जित्न सकिने छ । दाम्पत्य जीवन सुखमय हुने छ । अचल सम्पत्ती हात पर्ने योग छ । सन्तान सुख मिल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । घरायसी समस्या बढ्ने छ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । —हाम्रो पात्रो