मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । वित्तिय संस्थाबाट सहयोग पाईने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । लगनशीलताले कामहरू अगाडी बढ्ने छन् । साथीभाईसंग समय बित्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । रोकिएको धन हात पर्ला । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) राजनैतिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) ठीक समयमा सही निर्णय लिन सकिने छ । कला, साहित्यमा रुचि बढ्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । भूमिबाट लाभ रहने छ । नयाँ व्यक्तिसंग भेटघाट हुने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो विचार विपरित निर्णय हुने छ । गरेका काममा ढिलासुस्ती हुने छ । प्रेममा मनमुटाव आउने छ । साझेदारीको काममा उल्झन आउने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्त्वपूर्ण कामको थालनी हुने छ । समाजसेवामा मन लाग्ने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । शिक्षामा सफलता मिल्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउने छ । सरकारी निकाएको भय रहने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोबारमा सफलता पाइएला ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भय छ सचेत रहनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिने छ । शुभकार्यको चर्चा चल्ने छ । –हाम्रो पात्रो