मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेको काममा अपेक्षाकृत सफलता हात नपर्ला । कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । सकेसम्म कम बोल्नु तथा नै हितकर हुन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक यात्राको योग छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउने छ । इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफूलाई कमजोर भएको अनुभूति हुने छ । अरूले सापटी लगेको रकम फिर्ता गर्न गारोपर्ला, तर मतभेद भए पनि माया एवं समझदारी भने कायम रहनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मिक सन्तुष्टि मिल्ने छ । लगनशीलताले कामहरू अगाडी बढ्ने छन । वित्तिय संस्थाबाट सहयोग पाईने छ । विभिन्न कुराको जिम्मेवारी निर्वाह गर्नु पर्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यात्रामा सावधानी अपनाउनु पर्ने छ । अनावश्यक ठाउँमा धन खर्च हुने छ । वैदेशिक क्षेत्र कमजोर रहला । परिवारको खुसीका लागि केही खर्च गर्नु पर्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्ने छ । शुभकार्यको चर्चा चल्ने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज राज्यबाट मान सम्मान पाइने छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्ने छ । विभिन्न माध्यमबाट सहयोग प्राप्त होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ । अचल सम्पत्ती हात पर्ने योग छ । शुभ समाचार सुन्न पाइएला । कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा सहजता मिल्ने छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । बैदेशिक कार्य अघि बढ्ने छ तर व्यक्तिगत खुसीका लागि खर्च हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बन्धु बान्धवबाट सहयोग मिल्ने छ । मनोरञ्जनमा सहभागी भइएला । जोश जाँगर र हिम्मत बढ्ने छ । परिवारसँग समय बिताउने अवसर जुट्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज शुभकार्यको चर्चा चल्ने छ । धार्मिक तथा समाजसेवामा मन लाग्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । व्यक्तिगत खुसीका लागि किनमेल हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज पारिवारिक सुख एवं सहयोग मिल्ने छ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । –हाम्रो पात्रो