मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्नेजस्ता समस्याले पनि सताउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभकार्यको चर्चा चल्ने छ । नजिकको व्यक्तिबाट कार्य पूरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको सहयोग पाईने छ । विश्वास गरेकाले साथ दिने छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज काम गर्दा अपजस आइलाग्न सक्छ भने विवादसमेत सिर्जना हुन सक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्रपनि कमजोर रहला ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुने छ । स्वास्थ्य राम्रो रहने छ भने परिवारको खुसीका निम्ति केही खर्च हुन सक्छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन खिन्न हुने स्थिति आउने छ । मानसिक दबाब र तनाव बढेको महसुस हुनेछ । दाम्पत्य जीवनमा मतभेद सिर्जना हुन सक्छ । मन कमजोर पनि रहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बन्धु–बान्धवबाट सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ । कसैलाई सन्तान लाभ हुन सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफ्नो इच्छानुसार समय बिताउने अवसर जुर्ने छ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । शत्रु पराजित हुने छन् । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईने छ । दिनको उत्तरार्धमा धन खर्च हुने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) पारिवारिक सुख एवं सहयोग मिल्ने छ । आँटेको र ताकेको कार्य पूरा होला । रमाइलो यात्राको योग रहेको छ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त वा इष्टमित्रसंग पुनर्मिलनको योग रहेको छ । आज सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुने छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) जोश जाँगर र हिम्मत बढ्ने छ । धर्म, कर्म तथा समाज सेवामा मन लाग्ने छ । सन्तान सुख मिल्ने छ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभकार्यको चर्चा चल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योगपनि छ । –हाम्रो पात्रो