मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक कारोवारमा मन्दी आउने छ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ, तर सन्तान तथा परिवारमा राम्रो मेलमिलाप हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिने छ । घर परिवारका सदस्यहरुबाट सहयोग पाईने छ । रमणीय र सुखद यात्राको योग छ । दैनिक कार्यमा प्रगति हुने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउने छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्ने छ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ । व्यवसायबाट पनि लाभ हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय र सुखद् यात्राको हुनेछ । धार्मिक यात्राको योगछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । मायाँ प्रेममा आत्मियताको बढोत्तरी हुने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । परिवारका सदस्यहरूसित भेटघाट हुने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । माया प्रेममा धोका हुन सक्छ भने एकोहोरो मायाँ प्रेमले सताउने छ । आर्थिक कारोवारमा विवादपनि आउला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योगपनि रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भय छ सचेत रहनु होला ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ने छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेलहुँदा स्वास्थ्यको ख्याल गर्नुहोला । –हाम्रो पात्रो