मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेम जीवन सुखद् रहने छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । धर्म कर्ममा मन लाग्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । धर्म, कर्ममा मन लाग्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आँटेको र ताकेको कार्य पूरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सजिलै अरूको मन जित्न सकिने छ । आफन्तको प्रगतिमा मन रमाउने छ । नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभ, हानी, आय, व्यय, सुख, दुख बराबरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । मनमा दुविधा उत्पन्न हुनेछ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्ला । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । जोश, जाँगर र उमङ्ग बढ्ने छ । मठ मन्दिरको भ्रमण हुने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) मन भावुक बन्न सक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ, तर राजनीतिक क्षेत्रबाट सफलता हात पर्ने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक यात्राको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । –हाम्रो पात्रो