मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्ने छ । वैदेशिक क्षेत्रको काम अघी बढ्ने छ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । वस्त्र लाभपनि हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । भौतिक साधन जुटाउने समय छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भाग्यले विभिन्न अवसर जुराउने छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ मिल्ने छ । मुद्धा मामिलामा सफलता मिल्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ । राज्यबाट मानसम्मान मिल्ने छ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । वाहान सुखपनि मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लाभ, हानी, आय, व्यय, सुख, दुख बराबरी मध्यम खालको दिन छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने अवसर मिल्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । आँटेको र ताकेको कार्य पूरा हुने छ । धार्मिक÷सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्यको चर्चा चल्ने छ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समय प्रतिकुल भई कुलतमा मन जानेछ । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आजको दिन गरेका काममा ढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिने छ । आकस्मिक धन लाभ हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधुप गर्नु पर्ने छ । घरायसी विवाद बढ्ने छ । चोटपटकपनि लाग्न सक्ने छ । –हाम्रो पात्रो