मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दान–पुण्यजस्ता कार्यमा सहभागी भइने छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने छन् । आत्मिक सन्तुष्टि मिल्ने छ । शुभकार्यको चर्चा रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बन्धु बान्धवबाट सहयोग मिल्ने छ । राजनीतिक कार्यमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघी बढ्ने छ । स्वास्थ्यमा सुधार आउला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ । प्रेममा सफलता पाईने छ । महिला वर्गबाट विशेष सहयमेग मिल्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लाभ, हानी, आय, व्यय, सुख, दुख बराबरी मध्यमखालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहने छ । शुभकार्यको चर्चा चल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तको प्रगतिमा मन रमाउने छ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । पारिवारसंग रमाइलो भेटघाट हुने छ । प्रेममा मधुरता छाउला । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घर व्यवहारमा झमेला आउला । मनमा दुविधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) श्रमको उचित मूल्यांकन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । धर्म तथा समाजसेवामा मन लाग्ने छ । नयाँ कामको थालनी हुने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउने छ । झुटा आरोप आईपर्दा समस्या खेप्नु पर्नेछ । सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नु पर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रचनात्मक कार्यबाट अरूको मन जित्न सकिने छ । नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । व्यापार व्यवसायमा प्रगति होला । धार्मिक कार्यमा रुची बढ्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नु पर्नेछ । घरायसी व्यवहारबाट टाढै बस्नु होला । द्रुत गतिमा सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्ने छ । वाहान लाभ हुने समय छ । जोश जाँगर र हिम्मत बढ्ने छ । –हाम्रो पात्रो