मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । धर्म, कर्ममा मन लाग्ने छ । गरेका कामबाट राम्रै लाभ हुने छ । दैनिक कार्य र पढाइमा प्रगति हुने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज जिद्धिपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुने छ । सरकारी निकाएको भय रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सजिलै अरूको मन जित्न सकिने छ । आफन्तको प्रगतिमा मन रमाउने छ । नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । मनमा दुविधा उत्पन्न हुने छ । मन भावुक र उत्ताउलो बन्नेछ, सचेत रहनु होला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका कामहरू पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघि बढ्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । जोश, जाँगर र उमङ्ग बढ्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मन भावुक र उत्ताउलो बन्न सक्छ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुने छ । प्रेममा मनमुटाव पनि आउला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ने छ । मिष्ठान्न भोजनको अवसर मिल्ने छ । रातो रंगको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । श्रृंगार तथा सजावटको कार्यमा विशेष सफलता हात लाग्ने छ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज प्रेम जीवन सुखद् रहने छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । जोश जाँगर र हिम्मत पनि बढ्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आँटेको र ताकेको कार्य पूरा होला । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लाभ, हानी, आय, व्यय, सुख, दुख बराबरी खालको समय छ । नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ । –हाम्रो पात्रो