मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्ने छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुने छ । कला र गलाको प्रभाव बढ्ने छ । प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार, व्यवसायमा लाभ हुने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । कार्यमा सफलता पाईने छ । इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । आत्मिक सन्तुष्टि मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साथीभाईसंग रमाइलो भेटघाट हुनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ । स्वास्थ्यमा सुधार आउने छ । आकस्मिक धनलाभ होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नजिकको व्यक्ति बाट सहयोग मिल्ने छ । अरुको मन जित्न सकिने छ । प्राविधिक कार्यमा सफलता मिल्ने छ । व्यवसायका क्रममा यात्रा गर्नुपर्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक क्षेत्रबाट सफलता मिल्ने छ । मुद्दा मामिलामा सफलता पाईने छ । नयाँ काम वा रोजगारको अवसर मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) उपलब्धि हातपार्न नसकिएला । अनाबस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनु होला । महत्वपूर्ण अवसर गुम्न सक्ने छ । पैतृक सम्पत्तिमा विवाद बढ्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) बाधाहरू स्वतस् फुकुवा हुने छन् । वैदेशिक कार्य अघी बढ्ने छ । महिला वर्गबाट सहयोग मिल्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । घर व्यवहारको समस्याले सताउला । पैसा फस्न सक्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) पढाइ लेखाइमा प्रगति हुने छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । कूतनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु होला । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । –हाम्रो पात्रो