मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य एवं लगनशीलताले अवसर दिलाउने छ । प्रेम सम्बन्ध कसिलो हुने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुने छ । भाग्यले विभिन्न अवसर जुराउने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथिको आगमन हुने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरमा अतिथिको आगमन हुने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउने छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महिला वा मित्र बाट विशेष सहयोग मिल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योग छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने छ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा खर्च बढ्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । सहकर्मीबाट विरोध आउला ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज शुभारम्भको चर्चा चल्ने छ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । आँको काम पूरा हुने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बन्न लागेको काम बिग्रिने छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । साझेदारी काममा उल्झन आउने छ । –हाम्रो पात्रो