मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा सफलता मिल्ने छ । नजिकको व्यक्तिबाट कार्य पूरा हुने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ व्यक्तिसंग भेटघाट हुने छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुने छ । शुभकार्यको चर्चा चल्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्धा मामिलामा विजयी प्राप्त हुने छ । दिनको उत्तरार्ध सुखद रहने छ । घरमा अतिथिको आगमन हुने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बन्धु–बान्धवबाट सहयोग मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । बौद्धिकताको विकास हुने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ कार्यको चर्चा चल्ने छ । श्रमको उचित मूल्याङ्कन हुने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । स्वास्थ्यमा सुधार आउला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ कार्यको थालनी हुने छ । सांगितीक क्षेत्रमा रुची बढ्ने छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । शुभकार्यको चर्चा चल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काम नबन्नाले दिक्क लाग्ने छ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउने छ । कार्य सम्पादनमा समस्या आउला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको योजना बन्ने छ । कुटुम्बको सहयोग मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलीको विशेष ख्याल गर्नुपर्ने देखिन्छ । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ । अनावश्यक धन खर्च हुने छ । कार्यमा बाधा आउन सक्छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) पुनर्मिलन र लाभदायक यात्रा हुने छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । दिनको उत्तरार्ध सुखद् रहने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) यात्रामा सावधानी अपनाउनु पर्ने छ । मन खिन्न हुने स्थिति आउने छ । राजनैतिक कार्यमा बाधा आउने छ । नाक तथा घाँटीमा समस्या आउला । –हाम्रो पात्रो