मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारजनको साथले नयाँ आशा पलाउने छ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सहयोगी हातहरू अघि बढ्ने छन् । आफन्तको प्रगतिमा मन रमाउने छ । पुनर्मिलनको योग रहेको छ । जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दबाब र तनाव बढेको महसुस हुने छ । महत्त्वपूर्ण अवसर गुम्न सक्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्ने छ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । व्यापार व्यवसायमापनि फाईदा होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) चोटलाग्न सक्छ, सचेत रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्त संग मनमुटाव बढ्ला । सामान हराउनपनि सक्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गा जमिनको कारोबारबाट राम्रो फाईदा हुने छ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पूरा हुने छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्य सबल नै रहने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने छ । चिताएको कामले तिब्रता लिने छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । शुभकार्यको चर्चा चल्ने छ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ । —हाम्रो पात्रो