मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लामो समयदेखि रोकिएका अधुरा कामहरु पूरा हुने छन् । शुभकार्यको चर्चा चल्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । सामाजिक कार्यमा मन जाने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । व्यापार व्यवसायमा सफलता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । नजिकका व्यक्तिबाट धोका पाईन सक्नेछ, सचेत रहनु होला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आर्थिक कारोवारमा मन्दी आउने छ । मनमा दुविधा उत्पन्न होला । सौन्दर्यतामा धन खर्च हुनेछ । मनमा सङ्का उत्पन्न हुनेछ । सामान हराउन सक्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुने छ । बित्तिय संस्थाबाट सहयोग पाइने छ । मणीय र सुखद् यात्राको योग छ । दिनको उत्तरार्ध बढी सुखद् रहने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा हर्ष,उमङ्ग र उत्साह रहला । शुभ समाचार सुन्न पाइएला । बन्धु–बान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमीको सहयोग प्राप्त हुने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) रमणीय र सुखद् यात्राको योग छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । धार्मिक यात्राको योग छ । राज्यबाट मान सम्मान पाइने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । बहुमुल्य वस्तु हात पर्ने सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । (हाम्रो पात्रो)