मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । वैदेशिक क्षेत्रको काम अघी बढ्ने छ । प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) श्रमको उचित मुल्याङ्कन हुने छ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभब मिल्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समाजसेवामा मन लाग्ने छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । विशिष्ठ व्यक्तिको साथ पाईने छ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्या र बुद्धिको विकास हुने छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वैदेशिक कार्य अघी बढ्ने छ । घर, जग्गाको कारोबारमा सफलता मिल्ने छ । मेहनतीहरूका लागि दिन फलदायी रहने छ । उन्नति एवं प्रगतिको वातावरण बन्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सन्तानपक्षको मायामा कमी आउने छ । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । कार्यमा अवरोध आउला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । रमाइलो यात्रा रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख मिल्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) गरेका काममा ढिलासुस्ती हुने छ । दबाब र तनाव बढेको महसुस हुने छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने छ । मनमा भय उत्पन्न हुने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नयाँ व्यक्ति संग भेटघाट हुने छ । व्यापारमा मनग्ये धनलाभ हुने छ । भूमि बाट लाभ रहला ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । चोटपटकको भय छ सचेत रहनुहोला । मनमा दुविधा उत्पन्न हुने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएको धन हात पर्ला । धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । शुभकार्यको चर्चापनि चल्ने छ । (हाम्रो पात्रो)