मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ । पारिवारिक समस्यापनि आइपर्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला र गलाको प्रभाव बढ्ने छ । वैदेशिक कार्य अघी बढ्ने छ । परिवार संग रमाइलो भेटघाट हुने छ । मठ मन्दिर तथा धार्मिक भ्रमण हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने छ । लगनशील भएमा कामहरू अगाडी बढ्ने छन् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) बन्धु बान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ । पुनर्मिलनको योग रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विचार गरेर निर्णय लिनु उचित होला । सौन्दर्यतामा अधिक धन खर्च हुनेछ । अनावश्यक झमेलामा परिएला । प्रेममा मनमुटाव रहन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । सामाजिक क्षेत्रमा सफलता मिल्ने छ । धार्मिक यात्रा रहला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने छन् । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । धार्मिक तथा समाजसेवामा मन लाग्ने छ । विद्याको क्षेत्र लाभदायी रहने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । दिनको उत्तरार्ध सुखद् रहने छ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोतपनि बढ्ने छन् ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । लाभदायक यात्रा रहला । लगनशीलताले कामहरू अगाडी बढ्ने छन् । दिनको उत्तरार्ध सुखद रहने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज आत्मिक सन्तुष्टि मिल्ने छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुने छ । लाभदायक यात्रा रहने छ । दाम्पत्य जीवन सुखमय हुने छ । (ज्यो.प.नारायणप्रसाद दुलाल, हाम्रो पात्रो)