मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ व्यक्ति संग भेटघाट हुने समय छ । साहित्यिक क्षेत्रमा रूची बढ्ने छ । सामाजिक कार्यमा विशेष अभिरुचि रहने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ने छ । प्रेमीरप्रेमिकाका बिच खिन्नता बढ्ने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ । मित्र वा नयाँ कार्यको थालनी हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) गरेको काममा ढिलासुस्ती हुने छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक धन खर्च हुनेछ । काम गर्ने हौसला मिल्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रसन्नतापूर्वक समय व्यतीत हुने छ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुने छन् । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कष्टकर यात्रा गर्नुपर्ला । खर्चिलो यात्रा रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सन्तानबाट सहयोग मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । साहित्यिक क्षेत्रमा रूची बढ्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आम्दानी बढाउने काम सुरू गर्न सकिने छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आँटेको र ताकेको कार्य पूरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । समाजसेवामा मन लाग्ने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । बित्तिय संस्थाबाट सहयोग पाईने छ । सुखद् यात्राका अवसर पनि प्राप्त हुने छन् ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्यको योजना बन्ने छ । सहयोगी हातहरू अघि बढ्ने छन् । वित्तिय संस्थाबाट सहयोग पाईने छ । अरूलाई प्रभावित पारेर काम बन्ने छ । (ज्यो.प.नारायणप्रसाद दुलाल, हाम्रो पात्रो)