मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने छन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ने छ । श्रमको पनि उचित मूल्याङ्कन हुने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मित्र वा आफन्तको सहयोगबाट मिल्ने छ । वैदेशिक कार्य अघी बढ्ने छ । गरेका कामबाट राम्रै लाभ होला । बौद्धिकताको विकास पनि हुने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) रोजगारको अवसर मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । पढाइमा प्रगति हुने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । छोटो दुरीको लाभदायक यात्रा रहला । कलकारखाना र बन्दव्यापारमा फाइदा हुने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरमा अतिथीको आगमन हुने छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुने छ । लाभदायक यात्रा रहने छ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक पक्ष सुदृढ बन्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेममा मनमुटावका साथै मन कमजोर रहने छ । सौन्दर्यतामा धन खर्च हुनेछ । मुद्दा मामिला आइलाग्ने छ । मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज यात्रामा मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । साँझमा आर्थिक सङ्कट आउन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नसोचेको ठाउँ बाट धन हात पर्नेछ । नयाँ काममा हात हाल्ने समय छ । धार्मिक तथा समाजसेवामा मन लाग्ने छ । परिश्रम गर्दा अधिक धनार्जन हुने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु होला । आर्थिक क्षेत्रमा सङ्कट आउला । बन्दव्यापारमा मन्दी छाउने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमणीय र सुखद् यात्राको योग छ । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिने छ । मिष्ठान्न भोजनको अवसरपनि प्राप्त हुनेछ । (ज्यो.प.नारायणप्रसाद दुलाल, हाम्रो पात्रो)