मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन भाग्यशाली भएर देखा पर्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । पुनर्मिलनको योग रहेको छ । शुभकार्यको चर्चापनि चल्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मिथुन शुभकार्यको चर्चा चल्ने छ । आकस्मिक धन लाभ हुने छ । प्रेमीको सहयोग पाईने छ । विश्वास गरेकाले साथ दिने छन् । दिनको उत्तरार्धमा धन खर्च हुने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । दाम्पत्य जीवन सुखमय हुने छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधुरा कार्य पूरा गर्न सहयोग मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्ने छ । शत्रुमाथि विजय मिल्ने समय छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) इच्छा र आकाङ्क्षा पूर्ण हुने छ । सन्तान सुख मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । बिनाप्रतिस्पर्धा फाइदा हुने छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागि पनि भईएला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउने छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । नजिकको व्यक्तिबाट कार्य पुरा हुने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्यमा समस्या आउने छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेममा बाधाका साथै मन कमजोर रहला । वैदेशिक क्षेत्र पनि कमजोर रहने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) मन खिन्न हुने स्थिति आउने छ । दबाब र तनाव बढेको महसुस हुने छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । मानसिक चिन्ता पनि बढ्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आजको दिन शत्रु पराजित हुने छन् । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ । समाजसेवामा मन लाग्ने छ । बन्धु–बान्धवबाट सहयोग पनि मिल्ने छ । (ज्यो.प.नारायणप्रसाद दुलाल, हाम्रो पात्रो)