मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुने छ । औपचारिकतामा अल्लि बढी व्यस्त रहनु पर्न सक्ने छ । मनोरञ्जनमा सहभागी भइएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नजिकको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनु होला । अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिने छ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पूरा होला । शुभकार्यको चर्चा चल्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक ठाउँमा धन खर्च हुनेछ । श्रमअनुसार फाइदा कमै होला । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नु पर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनु होला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नु पर्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । सवारी साधन प्राप्तिको योग छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धनको क्षेत्र सबल रहने छ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले अनन्तस् फाइदा नै पुर्याउने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । धार्मिक यात्राको योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिने छ । अतिथिको रूपमा सत्कार पाइएला । पुरानो साथीभई सङ्ग भेट घाट हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज परोपकार गर्नुमानै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा रमाइलो वातावरण छाउने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धेरै समय पछि टाढिएको आफन्तसङ्ग भेटघाट हुनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अभिभावकको सुझावले उचाइमा र्पुयाउन मद्दत गर्नेछ । (ज्यो.प.नारायणप्रसाद दुलाल, हाम्रो पात्रो)