मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुन सक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्ने छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने छ । चिताएको कामले तीब्रता लिने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामान हराउन सक्नेछ अतः सचेत रहनु होला । सहयोगको नाटक गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनु होला । आफूलाई कमजोर भएको अनुभूति हुने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विचार पुर्याएर निर्णय लिनु राम्रो होला । मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पूरा हुने छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउने छ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । शुभकार्यको चर्चा चल्ने छ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ । अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) तर्क र विवादमा राम्रो सफलता मिल्ने छ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लामो समयदेखि रोकिएको कामको गाँठो फुक्ने छ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । (ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो)