मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला । बन्धु–बान्धवबाट सहयोग मिल्ने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्ने छ । जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्ने छ । नयाँ कार्यको प्रारम्भ हुने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा शान्तिको अनुभूति हुने छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । कार्य सम्पादनमा सहजता मिल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेमीको सहयोग प्राप्त हुने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पारिवारिक सुख मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुने छन् । लामो समयदेखि रोकिएका अधुरा कामहरु पूरा हुने छन् । शुभकार्यको चर्चा चल्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ व्यक्ति संग भेटघाट हुने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बहुमुल्य वस्तु हात पर्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा उन्नति हुनुका साथै कार्यमा उन्नति हुने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुने छ । सौन्दर्यतामा धन खर्च हुने छ । आर्थिक कारोवारमा मन्दी आउने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमणीय र सुखद् यात्राको योग छ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुने छ । वित्तिय संस्थाबाट सहयोग पाइने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिक व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुने छ । पुराना साथीभाइसित भेटघाट हुने छ । सोच्दै नसोचेको धन प्राप्त हुन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग पनि छ । (ज्यो.प.नारायणप्रसाद दुलाल, हाम्रो पात्रो)