मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ । प्रीय व्यक्तिसंग भेट घाट होला । कला र मनोरञ्जनमा अभिरुचि जाग्नेछ । व्यवसायबाट लाभ नै रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परीक्षा आदि प्रतिस्पर्धामा उत्तिर्ण हुन सकिने छ । आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला । नयाँ कामको थालनी हुने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । व्यापार व्यवसायमा फाईदा होला । वाहान सुख मिल्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्ने छ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिने छ । यात्राका अवसर पनि मिल्ने छन् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) श्रीवृद्धिका साथै कार्य प्राप्तिको योग पनि देखिन्छ । दाम्पत्य जीवन सुखमय हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शत्रु पनि पराजित हुने छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लाभ, हानी, आय, व्यय, सुख, दुख बराबरी मध्यम खालको दिन छ । मित्रसंग मीठो भेट घाट रहने छ । स्थान परिवर्तनका विशेष योग देखिन्छन् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रबाट पनि सफलता हात पर्ने देखिन्छ । शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मनोरञ्जनमा अभिरुचि जाग्ने छ । स्वास्थ्यको क्षेत्र मध्यम रहने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारीक झमेला आउला । कुविचारमा मन जाने छ । सामान हराउने वा चोरी हुने भय छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) सामाजिक कार्यमा मन जाला । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शत्रुपक्ष भने सबल रहने भएकाले सजग रहनु उचित रहने देखिन्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउने छ । (ज्यो.प.नारायणप्रसाद दुलाल, हाम्रो पात्रो)