मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन् । मन प्रसन्न रहला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा निरासा र शरीरमा आलस्य आउला । दबाब र तनाव बढेको महसुस हुने छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्ने छ । अनावश्यक यात्रा हुने छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुने छ । भाग्यले विभिन्न अवसर जुराउने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यले साथ दिए पनि मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योग पनि रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मुद्दा मामिला आइलाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी÷प्रेमिकाका बिच खिन्नता बढ्ने छ । सौन्दर्यतामा धन खर्च हुने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्न ेछ । साँझपख शुभ समाचार आउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट इच्छा र आकांक्षा पूर्ण हुने छन् । मित्र वा आफन्तको सहयोग मिल्ने छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । मनमा प्रसन्नता छाउने छ । विद्या र बुद्धिको विकास हुने छ । महिला वा मित्र बाट विशेष सहयोग मिल्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आत्मविश्वास र पराक्रममा वृद्धि हुने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्ने छ । बौद्धिकताको विकास हुने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मान्यजनसंग भेटघाट हुने र शत्रुमाथि विजय प्राप्त हुने छ । शुभकार्यको चर्चा चल्ने छ । श्रममूलक वा कृषिक्षेत्रका काममा मन जाने छ । (ज्यो.प.नारायणप्रसाद दुलाल, हाम्रो पात्रो)