मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेम जीवन सबल र सफल रहने छ । महिला वा आफन्तबाट विशेष सहयोग मिल्ने छ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आफ्नो विचार विपरित निर्णय हुने छ । पेशागत समस्या आउला । स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ । पारिवारिक सद्भाव बढ्ने छ । विद्याबाट विशेष लाभ हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । बेसुरमा बचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अचल सम्पत्ति हात पर्ने योग छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । कला र गलाको प्रभाव बढ्ने छ । कूतनीतिक नियोगको सहयोग मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा शंका उत्पन्न हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला । गरेका काममा ढिलासुस्ती हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । पारिवारिक सुख मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पुनर्मिलनको योग रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । साथीभाईसंग समय बित्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) अरुलाई प्रभावित पारेर काम बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । रमाईलो यात्राको योग रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सांगितीक क्षेत्रमा रुची बढ्नेछ । मुद्दा मामिलामा सफलता पाइने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । वैदेशिक कार्य अघी बढ्नेछ । (ज्यो.प.नारायणप्रसाद दुलाल, हाम्रो पात्रो)