मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । केहि मालसामान हराउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । नजिकको मित्रसँग भेटघाट हुने छ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । शत्रु क्षय होलान् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सानातिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम विगार्नेको सक्रियता पनि रहने देखिन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । पारिवारसंग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा निरासा र शरीरमा आलस्य आउला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यवसायमा मन्दी आउने छ । कार्यमा बाधा पनि आउने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आँटेको र ताकेको कार्य पूरा होला । राजनीतिक कार्यमा सफलता मिल्ने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । प्रेमीको सहयोग पनि पाइने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार सुन्न पाईएला । ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कूटनीतिक नियोगको सहयोग मिल्ला । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । आफन्तको सहयोग प्राप्त होला । धार्मिक यात्राको योग पनि छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) जोश जाँगर र हिम्मत बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्ला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । रोजगारको अवसर मिल्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) चिताएको कामले तीब्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज विशषगरी अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रापनि रहला । (ज्यो.प.नारायणप्रसाद दुलाल, हाम्रो पात्रो)