मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेको र ताकेको कार्य पूरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्ग बाट सहयोग मिल्ने छ । पारिवारिक सद्भाव बढ्ने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवन सुखमय हुनेछ । शत्रु क्षय होलान् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) राज्यबाट मान सम्मान पाइनेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । विभिन्न कुराको किनमेल हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहने छ । शुभ समाचार सुन्न पाइएला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अरुलाई प्रभावित पारेर काम बन्ने छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउने छ । पठनपाठनमा प्रगति हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । कसैकसैको प्रेम सम्बन्ध विवाहमा परिणत हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाइने छ । पुराना कामहरुबाट भने अघिनै आम्दानी हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ(नयाँ काम गरि समाजको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । योजनानुसार सबै कार्य सफल हुदै जानेछन् । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रोकिएको अधुरो कार्यले पूर्णता पाउन ेछ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने छन् । रोमाञ्चक यात्रा होला । आजको समय बढी प्रेरणादायक रहने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । फितलो यात्रा हुने छ । व्यापार व्यवसायमा वाधा आउने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) प्रेममा सफलता प्राप्त हुने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ । कला र गलाको प्रभाव बढ्ने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काममा दुविधा उत्पन्न हुन सक्छ । घर परिवारमा झै–झमेलाको अवस्था आउला । सामानहरू छुट्ने–हराउने सम्भावना छ । दिनको उत्तरार्धमा धन खर्च हुने छ । (ज्यो.प.नारायणप्रसाद दुलाल, हाम्रो पात्रो)