मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका अधुरा कामहरू पूरा हुने छन् । बोलीको प्रभाब बढ्ने छ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा परपाहुनाको आगमन हुने सम्भावना पनि छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विशिष्ट व्यक्तिको साथ पाईने छ । आँटेको र ताकेको कार्य पूरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथीभाइको सहयोगले हिम्मत दिलाउने छ । धार्मिक तथा समाजसेवामा मन लाग्ने छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । वाहन लाभ रहला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक क्षेत्रको कार्य अघी बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाईने छ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्वपूर्ण कार्य सम्पन्न हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पाईने छ । अदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्ने छ । सन्तान सुख मिल्ने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पढाइ लेखाइमा प्रगति हुने छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुनेछ । रमाइलो यात्राको योग रहेको छ । स्वादिष्ट भोजनपनि पाईने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सानातिना समस्यामा अल्झिनु पर्नेछ । पाचन प्रणालीमा समस्या देखिन सक्छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनु होला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुन सक्छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । अध्ययन अध्यापन सफल रहेको छ । आकस्मिक धन लाभ हुने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउने छ । चोटपटकको भय छ सचेत रहनु होला ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) न्यायिक कार्यमा सफलता मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुने छ । निर्णायक क्षमतामा कमी आउने छ । आफ्नै कमजोरीले विवादमा परिएला । घरायसी विवाद बढ्ने छ । (ज्यो.प.नारायणप्रसाद दुलाल, हाम्रो पात्रो)