मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । महत्वपूर्ण अवसर गुम्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । मान्यजनको सहयोग प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय पनि रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । राजनैतिक चिन्तन बढ्ने छ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्ने छ । वैदेशिक कार्य अघि बढ्ने छ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउने छन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्ने छ । सामान हराउने योग छ । सहयोगी र नातागोताको साथपनि नपाइएला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेको र ताकेको कार्य पूरा होला । ठीक समयमा सही निर्णय लिन सकिने छ । नयाँ कमको थालनी हुने छ । अध्ययन अध्यापन सफल रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक कार्य सफल रहने छन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक कार्यमा सफलता मिल्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । नयाँ कर्यको थालनी हुने छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुने छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्य सम्पादनमा सहजता मिल्ने छ । आत्मविश्वास जाग्ने छ । रोकिएका काम सम्पादन हुने योग छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) राज्यबाट मान सम्मान पाइने छ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । रमणीय र सुखद् यात्राको योग छ । ढिलै भए पनि काम सम्पन्न हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बौद्धिक काममा सफलता मिल्नेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रो फाइदा दिनेछ । श्रमको उचित मुल्याङन हुनेछ । कृषि क्षेत्रबाट सफलता पाईने छ । (ज्यो.प.नारायणप्रसाद दुलाल, हाम्रो पात्रो)