मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आकस्मिक धन लाभ हुनेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । वाहान लाभ हुने समय छ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) झुटा आरोप आईपर्दा समस्या खेप्नु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । विचार गरेर निर्णय लिनु उचित होला । विद्या र बुद्धिको विकास हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आम्दानी बढाउने काम सुचारू गर्न सकिने छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने छ । बेसुरमा बचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । महत्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नु होला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ समाचार सुन्न पाइने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । शैक्षिक क्षेत्र पनि कमजोर रहने छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आकस्मिक धन लाभ हुनेछ । आँटेको र ताकेको कार्य पूरा होला । पारिवारिक सद्भाव बढ्ने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने छन् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) इच्छा र आकाङ्क्षा पूर्ण हुने छन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पूरा हुने छन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । धार्मिक तथा तिर्थाटनको योग छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) जोश जाँगर र हिम्मत बढ्ने छ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सहयोगी हातहरू अघि बढ्ने छन् । आफन्तको प्रगतिमा मन रमाउने छ । पुनर्मिलनको योग रहेको छ । व्यापार व्यवसायमा फाइदा होला । (ज्यो.प.नारायणप्रसाद दुलाल, हाम्रो पात्रो)