काठमाडाैं, १ असोज — भनिन्छ, लाखाैं सैनिक र हजाराैं शब्दले सिर्जित कानुनभन्दा कराैडाैँ गुणा शक्तिशाली हुन्छ, मानिसको अास्था । मानिसको अास्था कालो मसीले सेतो कागजमा पोखिएको अक्षर होइन, जुन् कागज र मसीको अभाव सिर्जना गरेर रोक्न कसैले प्रयत्न गर्छ भने त्यो सामर्थ्यहीन प्रयास हो ।
कुनै पनि व्यक्तिका लागि अाफ्ना बुबा संसारको सबैभन्दा ठूला र बास्तविक हिरो हुन् । बुबा गाउँको प्रधानपञ्च हुँदा देखिनै वहाँको व्यक्तित्वबाट प्रभावित भएर राजनीतिक छाप अाफ्नो मनमा छापेका उदाहरण हुन्, तिर्थ बोहरा ।
वि.सं. २०२६ साल मंसिर २८ गते बुबा टेक बहादुर बोहरा र अामा लाल कुमारी बोहराको जेठो सुपुत्रको रुपमा यस धर्तीमा जन्म लिएका तिर्थ बोहराले बाल्यकालमै देखेको सपना हो राजनीतिज्ञ बनेर देशको सेवा गर्ने । वर्तमान समयमा विभिन्न अभाव तथा बाध्यताहरुलार्इ चिर्दै कमर्श विषयमा अाइ.कम सम्मको शिक्षा हासिल गरेका बोहराले विद्यार्थी जिवनबाटै प्रजातान्त्रीक धारलार्इ अंगाल्दै राजनीतिमा पाइला राखेका थिए । कुनै पनि व्यक्तिको सोचाइ तथा अास्थाको निर्धारण उसको पारिवारिक पृष्ठभूमीले गर्छ भन्ने कुराको उदाहरणका रुपमा बोहरा अाफ्ना प्रधानपञ्च बुबाको व्यक्तित्वमा प्रभावित हुनलार्इ पनि लिन सकिन्छ ।
वि. सं. २०४६ सालमा स्थानिय स्तरमा नेपाली कांग्रेस पार्टीको जिम्मेवारी बहन राजनीतिको शुरुवात गरेका बोहराले २०५६/२०५७ सालदेखि क्रियाशील सदस्यता लिर्इ टिकापुर न.पा वार्ड ९ (हाल १) को वडा सभापतिको रुपमा पदभारका साथै जिम्मेवारी सम्हालेका थिए । राजनीतिका साथै व्यवहारिक जीवनमा पनि सफल उद्यमीको रुपमा अाज स्थापित भइसकेका बोहराले कैलालीको टिकापुरमै टिकापुर नगर उद्योग वाणिज्य संघको संस्थापक उपाध्दक्ष र पछि गएर कार्यबाहक अध्यक्षको रुपमा पनि २ पटक सेवा गर्नमा अग्रसर भएका थिए ।
सामाजिक तथा विकासमूलक कार्यमा सदैब अगाडी सर्ने खुवीका धनी तिर्थ बोहरासँग टिकापुर जेजिस अन्तर्राष्ट्रिय संस्थाको चियरपर्सन भइ सेवा गरेको अनुभव पनि रहेको छ । विभिन्न सामाजिक कार्यक्रमको अगुवाको पहिचानका साथै बोहराले अाफ्नो व्यवसायिक तथा व्यवहारिह जीवनमा पनि उल्लेख्य प्रगति गरेका छन् । तिर्थ बोहराको नाम टिकापुर नगरपालिकाको प्रथम युवा उद्योगपतिका साथसाथै समाजसेवीका रुपमा सुसज्जित पनि रहेको छ ।
सोचेको जस्तो जीवनयापन र जीवनको लक्ष्य हासिल सायदै कसैको हुन्छ होला, तर, बोहराको जीवन त्यति सहज साबित भएन । मुलुकको तत्कालीन राजनीतिक अस्थिरताको प्रत्यक्ष असर बोहराको जीवनमा पनि पर्यो । सोही अवस्थाको फलस्वरुप बाध्यात्मक अवस्थामा काठमाडाैं प्रवेश गरेका बोहराले २०६० साल शसस्त्र द्वन्दको समयमा सर्वष्व व्यवसाय र सिर्जित सृजना कैलालीमै छोडी काठमाडाैं पलायन हुन बाध्य बनाइएको तीतो अनुभव पनि बोहरासँग छ ।
सर्वष्व कैलालीमै छोड्न बाध्य भएका बोहराले काठमाडाैंमा अाएर केही वर्ष अत्यधिक दुःख र कडा परिश्रम गरे । दैनिक जीवनयापनका लागि पनि निकै संघर्ष गरेका तिर्थ बोहराले निरन्तरको लगाव र दिनरात नभनी गरेको मिहिनेतले केही वर्षको अन्तराल पश्चात काठमाडाैं स्थित रातोपुलमा अटो मोबाइल ग्यारेजको स्थापना गरे ।
निरन्तर जीवनयापनको शुत्र बुन्दा—बुन्दै बोहराको चासो र सपनाको विषय राजनीति पछाडी नै छुट्यो । अाैपचारिक रुपमा राजनीतिमा निरन्तरता दिन नसकेपनि अनाैपचारिक रुपमा अास्था भने अटल राखी रहे । व्यवसायिक जीवनकालागि अाफ्नो जीवनयापनको शुत्रका रुपमा अटो मोबाइल ग्यारेजलार्इ अंगालेका बोहराका २ छोरीहरु अहिले अमेरिकामा रहेका छन् ।
व्यवहारिक तथा पारिवारिक जिम्मेवारी पूरा गर्दागर्दै पछाडी छुटेको राजनीतिको पन्ना पुनः पल्टाउन थालेका बोहोरा पुनः सक्रिय राजनीतिमा फर्किन चाहन्छन् ।