काठमाडौं । नेपाल प्रहरीकी शुभाङ्गी श्रेष्ठले ११ औं कोरियन एम्बासडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेकी छन् । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताको जुनियर महिला ५९ केजीमुनि फाइनलमा शुभाङ्गीले राजदेवी तेक्वान्दोकी प्रज्ञा परियारलाई पराजित गरिन् ।
सिनियर महिला ५४ केजीमुनि प्रहरीकी सीता तामाङ, जुनियर महिला ४४ केजीमुनि लैनचौर तेक्वान्दोकी लेग्डेन साङमो तामाङ तथा महिल र जुनियर महिला ६३ केजीमुनि ममता रिजालले पहिलो स्थान हात पारे । जुनियर पुरुष ४५ केजीमुनि सुप्रिम वजगाईं शीर्ष स्थानमा रहे ।
सिनियर व्यक्तिगत महिला पुम्सेमा प्रहरीकी सीता तामाङ, जुनियर पुरुष टिम पुम्सेमा नुवाकोटका अपिल लामा, साजन तामाङ र केशव बराम, जुनियर महिला टिम पुम्से सैनिक, विजेश्वरीका एन्जिला मोक्तान, लक्ष्मी सुनाखरी मगर र निकिता राउत, जुनियर महिला पेयर पुम्सेमा हात्तिवन तेक्वान्दोकी रोस्लिन ओझा र युकेन चौगुठी, सिनियर पेयर पुम्से ३० वर्षमाथि प्रहरीका सीता तामाङ र प्रेमकुमार दर्नाल, सिनियर पुरुष व्यक्तिगत पुम्से ३० वर्षमाथि नेपाल आर्मीका सन्जिवकुमार ओझा तथा १८–३० वर्ष सिनियर पुरुष व्यक्तिगत पुम्सेमा प्रहरीका जितबहादुर बोटले स्वर्ण जिते ।
सिनियर महिला व्यक्तिगत पुम्सेको १८–३० वर्षमा आर्मीकी प्रशंसा क्षेत्री, सिनियर पुरुष टिम पुम्सेको ३० वर्षमाथि आर्मीका सन्जिवकुमार ओझा, रेजिन रिमाल र रामकुमार पोखरेल, सिनियर पेयर पुम्सेको १८–३० वर्षमा प्रहरीका निशा दर्नाल र अस्मिन राउत, सिनियर पुरुष टिम पुम्सेको १८–३० वर्षमा प्रहरीका जितबहादुर बोट, अञ्जन चौधरी र अस्मिन राउत तथा सिनियर महिला टिम पुम्सेको १८–३० वर्षमा प्रहरीका निशा दर्नाल, सविना घले र सुशिला राईले स्वर्ण चुमे ।