काठमाडौं, मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बनेका छन् । आइतबार बिहान सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्ष बनेका हुन् । निजी क्षेत्रको छाता सङ्गठन मानिने महासंघको नयाँ नेतृत्वका लागि शनिबार मतदान भएको थियो भने साँझदेखि मतगणना सुरु भएको थियो ।
महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । त्यो समूहमा कुल १०५ मत खसेकोमा ढकालले ५२ मत र प्रधानले ५३ मत ल्याए । यो २४.७६ प्रतिशत भार हो । त्यस्तै, ३० प्रतिशत हिस्सा रहेको एशोसियटमा ८९७ सदर मतमध्ये ढकालले ५२२ मत ल्याउँदा प्रधानले ३७५ मत ल्याए । यो १७.४६ प्रतिशत भार हो । उता, २० प्रतिशत हिस्सा वस्तुगतमा कूल ९८ सदर मतमा ढकालले ५९ र प्रधानले ३९ मत ल्याए । कुल २० प्रतिशतको भारमा ढकालका लागि यो १२.०४ प्रतिशत मतभार हुन आउँछ । वरिष्ठ उपाध्यक्षमा विजयी हुन ५० प्रतिशत भन्दा बढी मतभार चाहिन्छ । जसमा ढकालले ५४.२६ मतभार प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी प्रधानले बाँकी रहेको ४५.७४ प्रतिशत मतभार प्राप्त गरे ।
यसैगरी एसोसिएटतर्फ व्यवसायी रामचन्द्र संघाई विजयी भएका छन् । उनले ५ सय ५५ मतमा ४ सय ५५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी सौरभ ज्योतिले जम्मा ४ सय ३४ मत पाएका छन् । संघाई ढकाल प्यानलका हुन् । यसैगरी वस्तुगत उपाध्यक्षमा भने प्रधान प्यानलका व्यवसायी अञ्जन श्रेष्ठ विजयी भएका छन् । उनले व्यवसायी उमेशलाल श्रेष्ठलाई हराएका हुन् । अञ्जनले कूल एकसय एक मतमा ६२ मत पाएका थिए भने उमेशलालले ३७ मत मात्रै पाए । यसैगरी जिल्ला–नगर उपाध्यक्षमा पनि प्रधान प्यानलका दिनेश श्रेष्ठ विजयी भएका छन् । उनले व्यवसायी गुणनिधी तिवारीलाई हराएका हुन् । श्रेष्ठले ५८ मत पाए भने उनका प्रतिस्पधी तिवारीले ४७ मत पाए । यसैगरी प्रदेश १ को कार्यकारीणी सदस्यमा राजेन्द्र राउत र प्रदेश २ मा विजयकुमार शाह निर्विरोध भएका छन् । बाग्मती प्रदेशबाट कार्यकारीणी सदस्यमा सहनलाल प्रधान, गण्डकी प्रदेशबाट कार्यकारीणी सदस्यमा बाबुराम गिरी, लुम्बिनीबाट जमशेर मियाँ, कर्णालीबाट लालिमान बुढा र सुदूर पश्चिमबाट पुष्पराज कुंवर र संस्थापक सदस्य समूहबाट दामु अधिकारी विजयी भएका छन् ।
बस्तुगत संघबाट कार्यकारीणी सदस्यमा निर्वाचित
नरेशलाल श्रेष्ठ ७२, सुमितकुमार केडिया ६६, आकाश अधिकारी ४९, प्रकाश सिंह कार्की ५७, भक्तबहादुर हमाल ६२, सुबोध कुमार गुप्ता ५०, हेमराज ढकाल ५५, अरनिको राजभण्डारी ६४, गोबिन्द ढुंगेल ५०, मनिषलाल प्रधान ६०, मीनमान श्रेष्ठ ६७, विष्णुप्रसाद गैरे ५१, सन्दीपकुमार अग्रवाल ५१, सुकुन्तलाल हिराचन ५५
यीमध्ये आकाश अधिकारी,नरेशलाल श्रेष्ठ, प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, सुमितकुमार केडिया र हेमराज ढकाल ढकाल प्यानलका हुन् भने अरनिको राजभण्डारी गोबिन्द ढुंगेल, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ,विष्णु प्रसाद गैरेस शिवप्रसाद घिमिरे, सन्दीपकुमार अग्रवाल र सुकुन्तलाल हिराचन प्रधान प्यानलका हुन् ।
जिल्ला–नगरतर्फका विजयी सदस्यहरू
अमृत भट्टचन ५१, अरुणराज सुमार्गी ६६, उमेश डालमिया ५३, कमलकुमार श्रेष्ठ ७०, कमानबहादुर खड्का ६२, किशोरकुमार आचार्य ५२, कुवीरकुमार श्रेष्ठ ५८, कृष्णप्रसाद अवाल, गजेन्द्रकुमार भगत ६८, गोपाल केडिया ५५, चक्रबहादुर अधिकारी ६७, डिबी बस्नेत ५८, तारानाथ घिमिरे ७२, देवकुमार श्रेष्ठ ६४, महेन्द्रकुमार श्रेष्ठ ५४, राजन श्रेष्ठ ७९, रामेश्वर मानन्धर ६३, शोभाकान्त पौडेल ७०, सुरकृष्ण वैद्य ६१
एसोसिएटमा विजयी कार्यकारीणी सदस्यहरु
अम्बिका प्रसाद पौडेल–८०२, अविनाश बोहरा–४७६, आनन्द कुमार अग्रवाल बगडिया–४९९, कृष्ण लाल महर्जन–४६२, गोपाल खनाल–७५१, ज्योत्सना श्रेष्ठ–७६७, देश बन्धु बस्नेत–४८३, प्रबल जंग पाण्डे–७४३, भरत राज आचार्य ७४६, रञ्जित राज आचार्य– ४५९, राजेश कुमार अग्रवाल–५३०, विजयसिंघ वैद्य–५४७, शक्ति कुमार बेगानी–५३०, शाहिल अग्रवाल–७३३, शैलेन्द्र गुरागाई–६६५, सुशील थापा–४७३, संजय गिरी–५०७, हेमन्त गोल्छा–५ सय ९, द्विराष्ट्रिय तर्फबाट कार्यकारीणी सदस्य–संदीप अग्रवाल (निविरोध)
विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतःअध्यक्ष हुने भएकाले महासंघको ५४औं साधारणसभा (नेतृत्व चयनको महाधिवेशन)बाट व्यवसायी शेखर गोल्छा स्वतःअध्यक्ष हुँदै गर्दा ६४ व्यवसायी विभिन्न पदमा निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षका लागि ढकाल र प्रधान प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका थिए । महासङ्घको मतदानका लागि जिल्ला र नगरका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एशोसिएटका लागि कार्की ब्याङ्केट र वस्तुगतका लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान गरिएको थियो । महासङ्घको नयाँ नेतृत्वका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १२७ जनाले उम्मेदवारी दिएका थिए । कार्यकारिणी सदस्यतर्फ यसअघि नै राजेन्द्र राउत र सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका थिए भने वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठ तथा एशोसिएटतर्फको उपाध्यक्ष पदमा रामचन्द्र संघाई निर्वाचित भएका छन् । महासंघमा वस्तुगततर्फ १०१, जिल्ला तथा नगरमा १०५ र एशोसिएटतर्फ ९०३ मतदाता रहेका थिए ।