मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुने छ । जोश जाँगर र हिम्मत बढ्ने छ । दैनिक कार्यहरूमा प्रगति हुने छ । रमणीय र सुखद् यात्राको योग छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्ने छ । स्वादिष्ट भोजन पाईने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पारिवारिक सद्भाव बढ्ने छ । साहित्यिक क्षेत्रमा रूची बढ्ने छ । सहयोगी हातहरू अघि बढ्ने छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने छ । शुभकार्यको चर्चापनि चल्ने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ समाचार सुन्न पाइने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । घरमा अतिथिको आगमन हुने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मिक सन्तुष्टि मिल्ने छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । तिर्थाटनको योग पनि छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेममा मनमुटाव आउला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्ने छन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पूरा हुने छन् । पारिवारिक सहयोग मिल्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । आकस्मिक धन लाभ पनि हुने छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने छ । झुटा आरोप आईपर्दा समस्या खेप्नु पर्ने छ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्ने छ । –हाम्रो पात्रो