मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनु हुने छ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अल्छिपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउने छ । चोटपटकको भय छ सचेत रहनु होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्ने छ । विशिष्ट व्यक्तिको सहयोग पाईने छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका अधुरा कामहरू पूरा हुने छन् । बोलीको प्रभाब बढ्ने छ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज स्वादिष्ट भोजन पाईने छ । मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्ने छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुने छ । निर्णायक क्षमतामा कमी आउने छ । आफ्नै कमजोरीले विवादमा परिएला । घरायसी विवाद बढ्ने छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुन सक्छ । कला, साहित्य तथा संगीतमा रुचि बढ्ने छ । अध्ययन अध्यापन सफल रहेको छ । आकस्मिक धन लाभ हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) न्यायिक कार्यमा सफलता मिल्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । परिवारमा रमाइलो जमघट हुने छ र अभिभावकले सन्तुष्टि जनाउने छन् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्ने छ । कार्यमा सफलता पाईने छ । सन्तान सुख मिल्ने छ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) सानातिना समस्यामा अल्झिनु पर्नेछ । पाचन प्रणालीमा समस्या देखिन सक्छ । दुष्ट व्यक्तिको संगतले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज विशिष्ठ व्यक्तिको साथ पाईने छ । आँटेको र ताकेको कार्य पूरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्ने छ । परोपकारका क्षेत्रमा लगानीको समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साथीभाइको सहयोगले हिम्मत दिलाउने छ । धार्मिक तथा समाजसेवामा मन लाग्ने छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । लाभदायक यात्रा रहला । –हाम्रो पात्रो